कृषि विकास बैंकद्वारा भूकम्प पीडितका लागि ५० लाख सहयोग

कृषि विकास बैंकद्वारा भूकम्प पीडितका लागि ५० लाख सहयोग

काठमाडौं : कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि कृषि विकास बैंकले ५० लाख सहयोग गरेको छ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो। बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेक हस्तान्तरण गरे।

चेक हस्तान्तरण कार्यक्रममा उप-महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिति रहेको थियो।

बैंकले गरेको सहयोग गरेकोमा प्रधानमन्त्री प्रचण्डले धन्यवाद ज्ञापन गरे।

कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरूको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो।

कात्तिक २५, २०८० शनिबार १२:०५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।