प्रभासको ‘सालार’मा देखिँदै ‘गदर २’ अभिनेत्री सिमरत

प्रभासको ‘सालार’मा देखिँदै ‘गदर २’ अभिनेत्री सिमरत

एजेन्सी : सनी देओलको ‘गदर-२’ले अभिनेत्री सिमरत कौर रन्धावाको करियरलाई नयाँ उचाइमा पुर्याएको चर्चा भइरहेको बेला अब सिमरत कौर रन्धावा प्रभासको एक्शन प्याक फिल्म ‘सालार’मा विशेष भूमिकामा देखिने भएकी छन्।

केजीएफ फेम प्रशान्त नीलद्वारा निर्देशित प्रभास, श्रुति हसन र पृथ्वीराज सुकुमारन स्टारर फिल्म ‘सालार’ले यसअघि नै प्रतिक्षा बढाएको छ।

सिमरत कौर रन्धावाको प्रवेशले फिल्मलाई नयाँ उचाइमा पुर्याउने बलिउडका पण्डितहरूको विश्वास छ।

सिमरत कौर फिल्मको विशेष डान्सिङ नम्बरमा देखिने भएकी छन्। उनले हालै हैदराबादको रामोजी राव फिल्म सिटीमा गीतको सुटिङको सेटमा सामेल भएकी छन्।

फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ। फिल्मको ट्रेलर पनि डिसेम्बरमा भव्य कार्यक्रमका साथ रिलिज हुँदैछ।

सालारमा सिमरत कौरको अभिनय रहेको गीतको छायांकन धेरैका लागि अचम्मको विषय थियो किनभने हालसम्म फिल्ममा कुनै खास गीतको खबर बाहिरिएको थिएन।

सिमरत फिल्म ‘गदर २’ उत्कर्ष शर्माको चरित्र चरणजीत सिंहको प्रेमी मुस्कानको भूमिकामा देखिएकी थिइन्।

२५ कात्तिक, २०८०, ११:४८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।