एनएमबिले डेबिट कार्डका ग्राहकलाई दुई सय क्यासब्याक

एनएमबिले डेबिट कार्डका ग्राहकलाई दुई सय क्यासब्याक

काठमाडौं : एनएमबि बैंकले डेबिट कार्ड प्रयोग गर्ने ग्राहकलाई तुरुन्त दुई सय रुपैयाँ क्यासब्याक दिने भएको छ।

तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ।

क्यासब्याक प्राप्त गर्न एक पटकमा एक हजार रुपैयाँको न्यूनतम भुक्तानी गर्नुपर्छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १५७ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ।

कात्तिक २५, २०८० शनिबार ११:१०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।