एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

काठमाडौं : एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्।

कात्तिक २३ गते सम्पन्न बैंकको ३६०औँ सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो।

साथै उनले कात्तिक २४ गते नै नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन्। विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रूपमा समेत परिचित छन्।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहेका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन्। साथै, उहाँ बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए।

कात्तिक २५, २०८० शनिबार १०:४१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।