तिहार तथा छठ बिदामा आयोग खुला रहने

तिहार तथा छठ बिदामा आयोग खुला रहने

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोग तिहार तथा छठ बिदामा पनि खुला रहने भएको छ।

आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी तिहार तथा छठ बिदामा विहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलले जानकारी दिए।

आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको उनले बताए।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्नेछ।

कात्तिक २५, २०८० शनिबार १०:३४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।