नौबिसेमा होटलको शौचालय प्रयोगको विषयमा यात्रु र स्थानीयबीच कुटाकुट

नौबिसेमा होटलको शौचालय प्रयोगको विषयमा यात्रु र स्थानीयबीच कुटाकुट

काठमाडौं : धादिङको धुनिबेशी नगरपालिका-७ नौबिसेमा यात्रुहरूले होटलको शौचालय प्रयोग गरेको विषयमा स्थानीय र यात्रुबीच कुटाकुट भएको छ।

काठमाण्डौ आउँदै गरेको बा ४ ख २२०१ नम्बरको बस नौबिसे बजारमा रोकी निर्विरेश्वर होटेल र हेटौंडा होटेलको शौचालय यात्रुहरूले प्रयोग गरेको विषयमा विवाद भएको थियो।

विवादमा स्थानीय र यात्रुहरूबीच कुटपिट हुँदा होटल धनी दुई जना र यात्रु तीन जवना गरी जम्मा पाँच जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।

घाइतेहरूको अल्फामेड मेडिकल खानिखोला लगिएको र कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कात्तिक २५, २०८० शनिबार ०९:३३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।