इजरायलले भन्यो- हमासको आक्रमणमा १४ सय हैन, १२ मानिस मारिएका थिए

इजरायलले भन्यो- हमासको आक्रमणमा १४ सय हैन, १२ मानिस मारिएका थिए

एजेन्सी : इजरायलले हमासको आक्रमणमा मारिएका व्यक्तिको संख्या परिमार्जन गरेको छ।

इजरायलले यसअघि अक्टोबर ७ मा हमासको आक्रमणमा आफ्ना १४ सय मानिस मारिएको बताएको थियो।

तर, अहिले उसले मृत्यु हुनेको संख्या १२ सयको हाराहारीमा रहेको जनाएको छ।

इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले आक्रमणमा मारिएकाहरुको तत्काल पहिचान हुन नसकेको बताए।

उनले भने, ‘मारिनेमा धेरै आतंककारी पनि थिए। यी इजरायलीहरूको शरीर थिएनन्। त्यही भएर मृत्यु हुनेको संख्यालाई परिमार्जन गरिएको हो।’

प्यालेस्टिनी संगठन हमासले अक्टोबर ७ मा इजरायलमा रकेट र बम प्रहार गरेको थियो।

यस हमलाको जवाफमा इजरायलले गाजामा कारबाही सुरू गरेको थियो। यसमा ठूलो संख्यामा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।

हमासको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणमा हालसम्म ११ हजार ७८ जनाको ज्यान गएको र करिब २७ हजार मानिस घाइते भएको जनाएको छ।

कात्तिक २५, २०८० शनिबार ०९:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।