महंगी १ प्रतिशले घट्यो
काठमाडौं : असोजमा महंगी १ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा मुद्रास्फिति (महंगी) १ प्रतिशतले घटेको हो।
चालू आर्थिक वर्षको असोज महिनामा मुद्रास्फिति ७.५० प्रतिशत रहेको छ। गत वर्ष मुद्रास्फिति ८.५० थियो।
तर, राष्ट्र बैंकको मौद्रिक नीतिले लिएको लक्ष्य भन्दा यो मुद्रास्फिति बढी हो। मौद्रिक नीति अनुसार ६.५० को लक्ष्य लिएको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फिति ८.३८ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिति ६.८१ प्रतिशत रहेको छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उपसमूहको बार्षिक विन्दुगत उपभोक्ता मूल्य ३७.६३, चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफुलको १४.०२ प्रतिशत दुद्य तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ।
चालू आर्थिक वर्षको असोज महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत छ।
गत वर्षको सोही अवधिमा काठमाडौंको मुद्रास्फिति ६.९३, तराईको ९.४२, पहाडको ८.८४ र हिमालको ७.०७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
कात्तिक २४, २०८० शुक्रबार १६:२५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।