शोधनान्तर स्थिति ९९ अर्बले बचत हुँदा चालू खाता ५९ अर्ब ९ करोडले बचतमा

शोधनान्तर स्थिति ९९ अर्बले बचत हुँदा चालू खाता ५९ अर्ब ९ करोडले बचतमा

काठमाडौं : शोधनान्तर स्थिति (देशभित्र आउने र बाहिरिने रकम) ९९ अर्ब ७ करोडले बचतमा छ। अघिल्लो वर्ष १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको असोज महिनामा ९ करोड १८ अर्बले बचतमा रहेको शोधनान्तर स्थिति हाल ७४ करोड ७२ लाखले बचत भएको छ।

चालू खाता बचतमा 
चालू आर्थिक वर्षको असोज महिनामा चालू खाता बचतमा गएको छ। चालू खाता ५९ अर्ब ९ करोडले बचत भएको हो।

अघिल्लो वर्षको असोज महिनामा चालू खातामा ३५ अर्ब २४ करोेड घाटामा थियो।

अमेरिकी डलर अघिल्लो बर्ष २७ करोड ६७ लाख घाटामा रहेकोमा चालू आर्थिक बर्षको असोज महिनामा ४४ करोड ५२ लाख रुपैयाँ बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।

पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड कायम भएको छ भने, खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोडले धनात्मक छ।

अघिल्लो वर्षको असोज महिनामा पूँजीगत ट्रान्सफर २ अर्ब ५९ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाख धनात्मक रहेको थियो।

विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि 
चालू आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई चालू आर्थिक वर्षको असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा चालू आर्थिक वर्षको असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति चालू आर्थिक वर्षको असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा चालू आर्थिक वर्षको असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ३३ अर्ब ३६ करोड पुगेका छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति चालू आर्थिक वर्षको असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा चालू आर्थिक वर्षको असोज मसान्तमा ८.३ प्रतिशतले वृद्घि भई २ खर्ब ९ अर्ब ७३ करोड कायम भएको छ।

चालू आर्थिक बर्षएको असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ।

कात्तिक २४, २०८० शुक्रबार १६:१७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।