भूकम्प प्रभावितका लागि अरुण चौधरी फाउण्डेशले दियो १६ टन अत्यावश्यक सामाग्री
काठमाडौँ : सिजी होल्डिङ्स अन्तर्गतको अरुण चौधरी फाउन्डेसन सिएसआर डिभिजनले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावितहरूलाई १६ टनको आपत्कालीन अत्यावश्यक राहत सामाग्री दिएको छ।
जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा भूकम्पका कारण भएको क्षतिमा अत्यावश्यक सामाग्रीको अभाव भएपछि फाउन्डेसनले सामाग्री उपलब्ध गराएको हो।
फाउन्डेसनले खाद्यान्न, औषधी, लत्ताकपडा र आवासको अभाव कम गर्न १६ टन राहत सामग्री उपलब्ध गराएको छ।
संस्थाले सो राहत सामाग्री जाजरकोट पुर्याएर नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतलाई हस्तान्तरण गरेको थियो।
सिजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वैच्छिक रूपमा भूकम्प प्रभावितहरूका लागि एक दिनको तलब उपलब्ध गराएका थिए।
कात्तिक २४, २०८० शुक्रबार १६:०५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।