हिमालयन रि इन्स्योरेन्सले भूकम्प प्रभावितलाई ३५ लाख बराबरको त्रिपाल र कम्बल दियो
काठमाडौँ : हिमालयन रि इन्स्योरेन्स लिमिटेडले जाजरकोट केन्द्रबिन्दु बनेर गएको भूकम्पबाट घरबारहीन भएका स्थानीयलाई अत्यावश्यक सामाग्री सहयोग गरेको छ।
कम्पनीले ३५ लाख बराबरको विभिन्न अत्यावश्यक सामाग्री सहयोग गरेको हो। उसले सिधै नगद दिनुको सट्टा १ हजार ८ सय ७८ त्रिपाल, २ हजार कम्बलहरूसहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो।
कम्पनीले उपलब्ध गराएको एक हजार ८ सय ७८ त्रिपाल रुकुम पश्चिमको मुसिकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको र अन्य राहत सामाग्री पुग्नेक्रममा रहेको कम्पनीले जानकारी दिएको छ।
कात्तिक २४, २०८० शुक्रबार १५:५०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।