ट्रान्जिक्सन लिमिट बढाउन राष्ट्रबैंकको निर्देशन, अब मंसिर ३ गतेसम्म दैनिक २० पटक रकम पठाउन सकिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले माेबाइलबाट ट्रान्सफर गर्नसक्ने लिमिट बढाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई एक परिपत्र जारी गर्दै तिहार छठको समयमा ट्रान्जिक्सन लिमिट बढाउन निर्देशन दिएको जनाएको छ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै यसअघि १० पटकसम्म रहेको ट्रान्जिक्सन लिमिटलाई बढाएर २० पटकसम्म पुर्याइएको हो।
यो नियम कात्तिक २४ गते शुक्रबारदेखि मंसिर ३ गतेसम्म लागू हुने राष्ट्र बैंकको कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए।
उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम यस विभागलाई जानकारी गराउनु हुन यो परिपत्र जारी गरिएको छ।
कात्तिक २४, २०८० शुक्रबार १४:५५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।