नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा

काठमाडौं : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। 

जन्ममिति विवादमा फस्ने भएपछि पाण्डेले बिहीबार साँझ प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका हुन्। 

उमेर कम देखाउन नागरिकता लगायत कागजात कीर्ते गरेको आरोपमा जंगी अड्डाले छानबिन सुरु गरेपछि पाण्डेले राजीनामा बुझाएको बताइएको छ। 

रथी बढुवाको बेला पाण्डेले नागरिकता लगायत कागजात कीर्ते गरेको भन्दै जन्ममिति विवाद सतहमा आएको थियो। 

प्रधान सेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्ने तयारी गरेका थिए। तर बलाध्यक्ष रथी सीताराम खड्काले जन्ममिति विवाद भएको भन्दै बढुवा समितिमा असहमति जनाएका थिए। 

कात्तिक २४, २०८० शुक्रबार १३:५९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।