बीआरआई परियोजना सिंगो विश्वको लागि खुसीको विषय हो : माधव नेपाल

बीआरआई परियोजना सिंगो विश्वको लागि खुसीको विषय हो : माधव नेपाल

काठमाडौं : चीन भ्रमणमा रहेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ‘सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रमलाई सम्बोधन गरेका छन्।

अध्यक्ष नेपालले चीनको खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरूको भेला र अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले बीआरआईलाई थप गतिका साथ अघि बढाउने विश्वास व्यक्त गरे।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले अशान्तिको सामना गरिरहेको विश्वमा विश्वशान्ति, बहुपक्षीयता र सहयोगलाई जोड दिँदै बीआरआईमार्फत विश्वलाई उच्च गुणस्तरको सार्वजनिक वस्तु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु सिंगो विश्वको लागि खुसीको विषय भएको दावी गरे। 

‘भविष्यको लागि सहयोग सुनिश्चित गर्न मार्गदर्शक सिद्धान्त, प्लेटफर्म र मूल्यांकन प्रणाली प्रस्तुत गरिएबाट बीआरआईले आगामी दिनमा थप गति प्राप्त गर्ने हाम्रो अपेक्षा छ। एक हजारवटा साना जीविकोपार्जन सहायता परियोजना कार्यान्वयन गर्ने चीनको प्रतिबद्धताले बीआरआईमार्फत चीनले मानव कल्याणका लागि गर्ने कामको नमुना प्रस्तुत गर्दछ’, नेपाले भने। 

बीआरआई कार्यक्रममा नेपालसहित एसियाका १ सय १९ वटा पार्टीका प्रतिनिधि खुनमिङ पुगेका छन्। 
 

कात्तिक २४, २०८० शुक्रबार १३:२४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।