११ हजार ७ सय ८० थान पटाकासहित काठमाडौंबाट एक जना पक्राउ

११ हजार ७ सय ८० थान पटाकासहित काठमाडौंबाट एक जना पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं : काठमाडौंबाट ठूलो मात्रामा पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७ सय ८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ जानकारी दिएको छ। 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कात्तिक २४, २०८० शुक्रबार १३:११:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।