सरकारको कार्यशैली चित्त नबुझेको भन्दै रास्वपाले माग्यो भूकम्पपछि पुनर्निर्माणको नेतृत्व

सरकारको कार्यशैली चित्त नबुझेको भन्दै रास्वपाले माग्यो भूकम्पपछि पुनर्निर्माणको नेतृत्व

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणको नेतृत्व आफूलाई दिन माग गरेको छ।

पार्टी महामन्त्री मुकुल ढकालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भूकम्पपछिको उद्दार तथा राहतमा सरकारले गरेका कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै आफूहरुलाई नेतृत्व सुम्पिन अपिल गरेका हुन्। 

‘भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण तथा प्रारम्भिक पुनःस्थपनाको चरणसम्म आइपुग्दा सरकारको कार्यशैली र कार्यप्रति रास्वपा कत्ति पनि सन्तुष्ट छैन’, विज्ञप्तिमा भनिएको छ, ‘देशको चौथो ठूलो राजनीतिक दल एवम् जनताको नवीन आशाको केन्द्रबिन्दुमा रहेको नाताले भूकम्पपछिको पुनःस्थापना एवम् पुनर्निर्माणको नेतृत्व रास्वपालाई दिन सरकारसमक्ष अपिल गर्दछ।’

बझाङमा गत महिना गएको भूकम्पका प्रभावितका लागि पनि सरकारले कही गर्न नसकेको भन्दै उनले ध्यानाकर्षण गराएका छन्।

कात्तिक २४, २०८० शुक्रबार १२:५०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।