जाजरकोट भूकम्प : थप  एक जनाको उपचारको क्रममा मृत्यु,  मृतकको संख्या एक सय ५४ पुग्यो

जाजरकोट भूकम्प : थप  एक जनाको उपचारको क्रममा मृत्यु,  मृतकको संख्या एक सय ५४ पुग्यो
फाईल फोटो

काठमाडौं : कात्तिक १७ गते राति ११ : ४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ। 

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत चौरजहारी नगरपालिका-१ का २२ वर्षीय निरोज विष्टको आज बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए। 

योसँगै भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। भूकम्पमा परी सयौं जना घाइते भएका थिए।

ठूलो धनजनको क्षति भएको थियो। अहिले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको काम जारी छ।   

कात्तिक २४, २०८० शुक्रबार १२:२४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।