संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अघि बढ्छ : प्रकाशमान सिंह

संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अघि बढ्छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थसत्ता गठबन्धन बनेको बताएका छन्। 

लौह पुरुष गणेशमान सिंहको १०९ औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा बोल्दै उनले दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका जिकिर गरे। 

उनले भने, 'कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो।'

नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताए। 

कात्तिक २४, २०८० शुक्रबार ११:५५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।