बालेनलाई धन्यवाद दिन निश्चल र स्वस्तिमाको चाकरी भाषा, लेखे' धन्यवाद मेयरसाप'
काठमाडौँ : फिल्डमा भन्दा सामाजिक सञ्जालमा मनमा लागेको लेख्नु/बोल्नु मेयर बालेन शाहको पहिचानै हो। आफ्ना शुभेच्छुकले बनाएको फिल्म 'दिमाग खराब' हेर्न प्रिमियरमा सहभागी भए पनि पत्रकार छल्दै केही नबोली बाहिरिएका उनले आफ्नो पहिचान कायम राख्दै फेसबुकबाट फिल्मको सफलताको कामना मात्र गरेनन्' अमेजिङ मुभी' भएको प्रतिक्रिया पनि लेखे।
बालेनले फेसबुकमा नकारात्मक लेख्दा सरकार हल्लिन्छ। तर सकारात्मक अलि दुर्लभै हुने भएकाले त्यसको प्रभाव कस्तो हुन्छ परीक्षण हुन पाएको छैन। बालेनले अमेजिङ भनेर प्रमोसन गरेको फिल्म हेर्न हल दर्शकले भरिन्छ कि भरिन्न? अनि फिल्म अमेजिङ नेै हो की मित्रताको धर्म निभाएकोयसैलाई परीक्षण मान्न सकिन्छ।
बालेनको प्रतिक्रियाबाट निर्माण टिम नहौसिने कुरै भएन। हौसिनु सामान्य नै हो। निर्देशक निश्चल अनि अभिनेत्री स्वस्तिमा खड्का दुबैले प्रतिक्रिया लेख्दै धन्यवाद दिएका छन्।
राजनीतिमा परिवर्तनको पक्षधर हुन् निश्चल अनि स्वस्तिमा। स्थानीय तहको निर्वाचनमा जमेर बालेनको समर्थन गरेकै हुन्।
तर यी दुवैको धन्यवादको भाषामा भने परिवर्तन देखिएन। उनीहरूको सोचमा मेयर ' मेयर साहेब' नै हुने रैछ। मेयर वा मेयरजी हुने रैनछ। विशेष सुरक्षा निकायमा प्रचलनमा रहेको यो साहेब समानार्थी हैन चाकरी दर्साउने शब्द बनिसकेको छ।
बालेनसँग निश्चल र स्वस्तिमाको सम्बन्धबारे जानकारमाझ उनीहरूको सम्बन्ध चाकरी गर्नुपर्ने हैसियतको हैन।
तर धन्यवाद मेयरजीको साटो यो मेयरसापको सम्बोधनले अलि चाकरी ठ्वास्स गन्हाउने नै भयो।
कात्तिक २४, २०८० शुक्रबार ११:४३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।