भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते

भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते
फाईल फोटो

काठमाडौं : भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।

चितुवाले शुक्रबार बिहान करिब ७ बजे दुई जना महिलालाई आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। 

घाइते दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए। 

मध्यपुरथिमी नगरपालिका ३ लालीगुराँस टोलस्थित एक घरको कम्पाउन्डभित्र लुकेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिने तयारी गरेको गरेको प्रहरी जनाएको छ। 

कात्तिक २४, २०८० शुक्रबार ११:३१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।