जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड यूएई जाने

जलवायु  परिवर्तन सम्बन्धी सम्मेलनमा  सहभागि हुन प्रधानमन्त्री प्रचण्ड यूएई जाने
फाइल फोटो

काठमाडौं : जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएई जाने  भएका छन्।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ।

वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको छ।

कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव सङ्कलन कार्यक्रममा प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ डा. पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सहभागिता हुनेबारे जानकारी दिए। प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिने बताइएकाे छ।

 

कात्तिक २४, २०८० शुक्रबार ०८:३८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।