राष्ट्र बैंकबाट ४३ हजार थान सुनका असर्फी  र चाँदीका मेडालियन बिक्री

राष्ट्र बैंकबाट ४३ हजार थान सुनका असर्फी  र चाँदीका मेडालियन बिक्री
फाइल फोटो

काठमाडौं : पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले तिहारलाई लक्षित गरी गत आइतबारदेखि सुनका  असफी र चाँदीका मेडालियन बिक्री वितरण सुरु गरेको थियो।

आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

यस वर्ष बैंकल सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामका असर्फी तथा चाँदीका १० ग्राम र २५ ग्रामका मेडालियन बिक्री गर्दै आएको छ। 

सुनचाँदीको प्रचलित बजार मूल्यमा निर्माण लागत थप गरी राष्ट्र बैंकले सिक्का बिक्री गर्दै आएको छ।

कात्तिक २४, २०८० शुक्रबार ०८:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।