हमास र इजरायल दुवैले युद्ध अपराध गरेकाे संयुक्त राष्ट्र संघकाे टिप्पणी
एजेन्सी : संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन्।
राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गरेकाे हो।
साथै प्यालेस्टिनीलाई इजरायलले दिएको सामूहिक सजाय र गैर सैनिकलाई तिनीहरूको थातथलोबाट जबरजस्ती गरिएको निष्कासन पनि त्यही वर्गमा पर्ने उनको भनाइ छ।
गाजा स्ट्रिपमा भइरहेको आक्रमणले मानव जीवनमाथि र गैर सैनिकमाथि असह्य क्षति पुर्याएको राष्ट्रसङ्घीय अधिकारी ट्युर्कले बताएका बीबीसीले जनाएको छ।
कात्तिक २४, २०८० शुक्रबार ०७:३९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।