रूखबाट लडेर मृत्यु भएका भनिएका व्यक्तिको छातीमा गोलीको घाउ

रूखबाट लडेर मृत्यु भएका भनिएका व्यक्तिको छातीमा गोलीको घाउ
फाइल फोटो

दाङ : दाङमा रूखबाट लडेर मृत्यु भएका भनिएका एक व्यक्तिको छातीमा बन्दुकको छर्राको घाउ देखिएको छ।

घोराही उपमहानगरपालिका-७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको जंगलमा मालुको पात टिप्न गएका बखत रूखबाट लडेर मृत्यु भएको भनिए पनि उनको छातीमा बन्दुकको छर्रा लागेको घाउ देखिएको एक प्रहरी अधिकारीले बताए।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लका अनुसार जुगारू बिहीबार बिहान आठ बजेतिर मालुको पात टिप्न भनेर जंगल गएका थिए।

घटनाबारे बेलुका साढे ४ बजेपछि मात्रै प्रहरीलाई खबर आएको थियो। प्रहरी उद्धार गरेर ७ बजेर ४० मिनेट जाँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै जुगारूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

'जंगलमा पात टिप्न अरू पनि सँगै गएको भन्ने छ,' डिएसपी मल्लले भने, 'मृतकको छातीमा बन्दुकको छर्राको जस्तो घाउ देखिएको हुँदा थप अनुसन्धान हुन बाँकी छ।'

कात्तिक २४, २०८० शुक्रबार ०७:२०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।