अभद्र व्यवहार गरेको आरोपमा फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ

अभद्र व्यवहार गरेको आरोपमा फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी दिनेश राजवंशीसहित चार जनालाई अभद्र व्यवहार गरेकाे आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार राति लैनचौरबाट पक्राउ गरिएका उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको प्रहरीले जनाएको छ।

राजवंशीसहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

राजवंशी अहिले अस्ट्रेलियामा बसेर फूटबल खेल्दै आएका छन्। उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

कात्तिक २३, २०८० बिहीबार २१:४७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।