विश्वकप क्रिकेट : श्रीलंकालाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनल नजिक

विश्वकप क्रिकेट : श्रीलंकालाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनल नजिक

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकालाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनल नजिक पुगेको छ।

श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले २३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो। उसका लागि देवन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए।श्रीलंकाका एन्जेलो म्याथुजले दुई विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनाएकाे थियाे।

उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २र२ विकेट लिए।

आजको जितसँगै न्युजिल्याण्डको ९ खेलमा १० अंक भएको छ । ८/८ खेल खेलेका पाकिस्तान र अफगानिस्तानको  ८/८ अंक छ ।

अब सेमिफाइनलमा पुग्न पाकिस्तान र अफगानिस्तानले आफ्ना प्रतिस्पर्धीलाई ठूलो अन्तरले हराउनुपर्नेछ।

 

कात्तिक २३, २०८० बिहीबार २१:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।