एनटी फाइबर ब्रान्डमा थप्न आक्रामक बन्दै नेपाल टेलिकम
काठमाडौँ : नेपाल टेलिकमले भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवालाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री गर्दै आएको एनटिसीले ग्राहक लक्षित स्किम सार्वजनिक गरेको छ।
एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाज सहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन हेर्न सकिने कम्पनीले जानकारी दिएको छ।
फाइबर टु द होम (एफटीटीएच) मा एकै प्याकमा उच्च गतिको इन्टरनेट, रोजेको च्यानलसहितको टेलिभिजन र टेलिफोन र मोबाइल डेटा चलाउन सकिने कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
एफटीटीएच सुविधाका लागि कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याबिनेट (एफडिसी) सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड रहेको र ग्राहकको घरसम्म फाइबर पुर्याउन एरियल नेटवर्कको प्रयोग गरिने कम्पनीले जानकारी दिएको छ।
नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सुविधा दिँदै आएको छ। कम्पनीले तोके बमोजिमकै ब्यान्डविथ उपलब्ध गराउने र सिङ्गल युजर भएको समयमा जहिले पनि तोकिए अनुसारको गतिको सुविधा दिने उनले बताए।
नेपाल टेलिकमले हाल १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गतिको एक्सजीपोन प्रविधिमा आधारित एफटीटीएच इन्टरनेट सेवा सुरु गरेको जानकारी दिएको छ।
सो सुविधा ५ सय एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिट क्षमता २.५ जीबीपीएस रहेको छ। अहिले काठमाडौँ उपत्यकामा उपलब्ध गराइएको यो सुविधा व्यावसायिक संस्थाकालागि लाभदायक रहेको कम्पनीको दाबी छ।
कात्तिक २३, २०८० बिहीबार २०:१८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।