चेल्सीका पूर्व फुटबल खेलाडी ड्रोग्बा नेपाल आउने, भूकम्प पीडितलाई घोषणा गरे २० लाख सहयोग

चेल्सीका पूर्व फुटबल खेलाडी ड्रोग्बा नेपाल आउने, भूकम्प पीडितलाई घोषणा गरे २० लाख सहयोग

काठमाडौँ : अन्तर्राष्ट्रिय फुटबल खेलाडी डिडियर ड्रोग्बा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन गर्न नेपाल आउने भएका छन्। एनएसएलको आयोजक नेपाल स्पोर्ट्स तथा इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन आउने उनले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाहरूलाई २० लाख नेपाली रुपैयाँ समेत सहयोग गर्ने घोषणा गरेका छन्।

लिगको दोस्रो संस्करण मङ्सिर ८ गते देखि काठमाडौँमा सुरु हुदैछ।

उनी आइभरी कोस्ट तथा चेल्सीका पूर्व फुटबल खेलाडी हुन्। उनी डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएलको संयोजनमा नेपाल आएन लागेका हुन्। बिहीबार सार्वजनिक भएको उनको भिडियो सन्देशमा उनले आफू नेपाल आउने र भूकम्प पीडितलाई सहयोग गर्ने बताएका छन्।

ड्रोग्बा सन् २००६ र २००९ दुई पटक अफ्रिकी फुटबलर अफ द इयर घोषित भएका खेलाडी हुन्। उनी आइभरी कोस्ट राष्ट्रिय टोलीका पूर्व कप्तान समेत हुन्। ड्रोग्बा चेल्सीका चौथो सर्वाधिक गोलकर्ता समेत हुन्।

कात्तिक २३, २०८० बिहीबार २०:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।