अर्थतन्त्रका सूचकहरु केही सकारात्मक भएपनि देश अझै आर्थिक दबावबाट गुज्रिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रका सूचकहरु केही सकारात्मक भएपनि देश अझै आर्थिक दबावबाट गुज्रिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि आर्थिक दबावबाट गुज्रिरहेको बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित नीमा स्मृति प्रतिष्ठानको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका सूचकहरु केही सकारात्मक भइरहे पनि अझै आर्थिक दबावमा रहेको भन्दै यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘अहिले अर्थतन्त्रका सूचकहरु केही सकारात्मक हुन गएता पनि हामी अझै आर्थिक दबावमा छौँ। यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेको छु।’

प्रधानमन्त्री प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको बताए।

देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने उनको भनाई थियो। 

कात्तिक २३, २०८० बिहीबार १९:३८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।