तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन्।

सचिव छुङछेङले बिहीबार सिंहदरबार स्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन्।

भेटमा उनीसहित भ्रमण दलका सदस्यहरू र नेपालका लागि चिनियाँ राजदूत छन् सोङसमेत रहेका थिए। 

भेटवार्तापछि अध्यक्ष तिमिल्सिनाले सचिव छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बेलामा भएका सम्झौता र समझदारीहरुलाई कार्यान्वयनको वातावरण बनाउन आफू नेपाल भ्रमण आएको बताएको जानकारी दिए।

भेटवार्ताका क्रममा द्धिपक्षिय सम्बन्ध, आर्थिक विकास,नाकाहरु सञ्चालन गर्ने, व्यापारलाई अभिवृद्धि गर्ने लगायतको विषयमा कुराकानी भएको उनको भनाइ थियो। 

कात्तिक २३, २०८० बिहीबार १९:०६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।