यात्रु झार्न राेकेकाे गाडी आफैँ गुड्दा ८ जना घाइते

यात्रु झार्न राेकेकाे गाडी आफैँ गुड्दा  ८ जना घाइते
सांकेतिक तस्बिर

काठमाडौं : म्याग्दीमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। 

सदरमुकाम बेनीबाट नेप्टेचौरतर्फ जाँदै गरेको ध १ज १०७० नम्बरको गाडी नेप्टेचौर नजिकै दुर्घटना हुँदा ८ जना घाइते भएको म्याग्दी प्रहरीले जनाएको छ। 

घाइते हुनेमा बेनी नगरपालिका-९ नेप्टेचौरका १७ वर्षीय विवेक चोखाल, ३३ वर्षीया अञ्जना चोखाल, ६५ वर्षीया दिवाकर सुवेदी, ४८ वर्षीया रामजी सुवेदी, ३४ वर्षीया हिरा चोखाल, ४९ वर्षीया, गोमा श्रेष्ठ, गाडीका चालक ४९ वर्षीया गणेश क्षेत्री र पोखरा महानगरपालिका १६ का ३६ वर्षीया, राजु नेपाली छन्।

उनीहरूको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए। 

रोकेर यात्रु झार्न खोज्ने क्रममा गाडी आफैँ गुड्दा  दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

कात्तिक २३, २०८० बिहीबार १८:५५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।