विश्वकप क्रिकेट : श्रीलंकाले न्युजिल्यान्डलाई दियो १७२ रनको लक्ष्य

विश्वकप क्रिकेट : श्रीलंकाले न्युजिल्यान्डलाई दियो १७२ रनको लक्ष्य

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्यान्डसामु जितका लागि एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

बेंगलौरस्थित एन. चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङको गरेको श्रीलंकाले ४६.४ ओभरमा अलआउट हुँदै एक सय ७१ रन बनायो।  

उसका लागि परेराले सर्वाधिक ५१ रनको योगदान गरे। एन्जेलो म्याथ्युज र धनन्जय डा सिल्भाले क्रमशः १६ र १९ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

न्युजिल्यान्डका बलर ट्रेन्ट बल्टले तीन विकेट लिएलोकी फर्गुसन, मिचेल सान्टनर र रचिन रविन्द्रले पनि दुई—दुई विकेट झारे। 

कात्तिक २३, २०८० बिहीबार १८:१०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।