इन्दु बर्मा नेपाली महिला क्रिकेट टोलीको कप्तानमा नियुक्त

इन्दु बर्मा नेपाली महिला क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं : इन्दु बर्मा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा नियुक्त भएकी छिन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार इन्दुलाई कप्तानमा नियुक्त गरेको हो।

करिब एक दशकयता नेपाली महिला राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएकी नियमित कप्तान रुबिना क्षेत्रीलाई हटाएर इन्दुलाई टोलीको नेतृत्व गर्ने अवसर दिइएको हो। 

हङकङमा हुने चार देश सम्मिलित टी-२० शृंखलाका लागि घोषित राष्ट्रिय टोलीमा इन्दु कप्तान रहेको उल्लेख छ। 

उपकप्तानको जिम्मेवारीमा विन्दु रावल छन्। अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ छन्। रुबिना क्षेत्री पनि टोलीमा यथावत् छिन्।

यस्तै सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिनले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। 

शृखला अन्तर्गत नेपालले कार्तिक २९ गते तान्जानिया, कार्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ। फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ।

नेपाली टिम :

इन्दू बर्मा (कप्तान),  विन्दू रावल (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमू बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन।

कात्तिक २३, २०८० बिहीबार १७:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।