भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम

भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम

काठमाडौं : भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भागिनी सम्बन्ध कायम भएको छ। 

बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित क्षेत्र सिगात्से सहरका मेयर लिउ स्वाचुङ्गले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी पत्रमा दुई सहरकबीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख गरिएको छ। 

त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको बताइएको छ। 

कात्तिक २३, २०८० बिहीबार १७:१६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।