नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न एसियाका बैंकलाई अर्थमन्त्री महतको आग्रह
काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले एसिया क्षेत्रका बैँकका सीईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
बिहीबार राजधानी काठमाडौंमा सम्पन्न ३९ औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बन रहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको अर्थमन्त्री महतको भनाइ थियो।
उनले सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित उर्जालाई प्रोत्साहन गर्ने बताउँदै भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे।
कात्तिक २३, २०८० बिहीबार १७:०४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।