बिष सेवन गरेर मोडल दीपाशा बीसीले गरिन् आत्महत्या
काठमाडौं : मोडल तथा अभिनेत्री दीपाशा बीसीले बिष सेवन गरेर आत्महत्या गरेकी छिन्। बुधबार बेलुकी करिब साढे ८ बजे दीपाशाले आफ्नै घरमा बिष सेवन गरेकी थिइन्।
परिवारका सदस्यले उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याएका थिए। उपचारका क्रममा उनको आज (बिहिबार) दिउँसो करिब साढे १२ बजे मृत्यु भएको हो।
उनले बिष सेवन किन गरिन् भन्नेबारे केही खुलेको छैन। म्युजिक भिडियो क्षेत्रमा चर्चा कमाइरहेकी दीपाशालाई ‘जलपरि’ उपनामले समेत दर्शकले चिन्दै आएका थिए।
कात्तिक २३, २०८० बिहीबार १६:५२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।