एन्फाका अध्यक्ष नेम्वाङले पाए विश्वासको मत
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वासको मत पाएका छन्।
बिहिबार सम्पन्न एन्फाको विशेष साधारण सभाबाट अध्यक्ष नेम्वाङले विश्वासको मत पाएका हुन्।
सभामा भएको मतदान प्रक्रियामा ८७ जना मतदातामध्ये ५३ जनाले मतदान गरेका थिए। एक मत भने बदर भएको छ।
नेम्बाङको पक्षमा ५२ मत खसेका थिए भने एक मत बदर भएको थियो। उनको विपक्षमा मत खसेन।
गत भदौ २५ मा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए।
नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि गोप्य मतदान हुँदा उनको पक्षमा दुई तिहाइ बहुमत पुग्दा अध्यक्ष नेम्वाङको पद जोगिएको छ।
कात्तिक २३, २०८० बिहीबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।