क्रिकेटर सन्दीप लामेछानेविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट, अर्को पेसी मंसिर २४ गते

क्रिकेटर सन्दीप लामेछानेविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट, अर्को पेसी मंसिर २४ गते
फाईल फोटो

काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा अदालतले बहस नोट पेस गर्न आदेश दिएको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश दिएका हुन्।

उनीविरुद्धको मुद्दाको अर्को सुनुवाइका लागि जिल्ला अदालतमा  मंसिर २४ गतेका लागि पेसी तोकिएको छ। 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

कात्तिक २३, २०८० बिहीबार १६:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।