घाँस काट्न जाँदा लडेर घाइते भएका कलाकार प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज

घाँस काट्न जाँदा  लडेर घाइते भएका कलाकार प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज
फाईल फोटो

काठमाडौं : घाँस काट्न जाँदा समातेको पर्खाल भत्किँदा लडेर गम्भीर घाइते भएका कलाकार प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज भएका छन्।

पोखरा महानगरपालिका वडा नं ३ स्थित प्रेम शेरचनको घर नजिकै ब्लकको पर्खाल समाएर घाँस काटिरहेका घिमिरे ब्लकको पर्खाल भत्किँदा भीरबाट खसेका थिए।

टाउको, छाती र ढाडमा चोट लागेका घिमिरेलाई सुरुमा आइसीयुमा र पछि आइसीयुबाहिरै राखेर उपचार गरिएको थियो। 

पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई साता उपचार पश्चात् उनी बिहीबार डिस्चार्ज भएका हुन्। 

घिमिरेलाई अर्को साता जाँचमा आउने गरी डिस्चार्ज गरेको अस्पतालका निर्देशक डा. अभिषेक मास्केले जानकारी दिए।

पोखरा महानगरपालिका वडा नं ३ स्थित प्रेम शेरचनको घर नजिकै ब्लकको पर्खाल समाएर घाँस काटिरहेका घिमिरे ब्लकको पर्खाल भत्किँदा उनी भीरबाट खसेका थिए।

घिमिरेले हालसम्म झन्डै ५० बढी नेपाली फिल्ममा काम गरिसकेका छन्।

कात्तिक २३, २०८० बिहीबार १५:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।