देउराली सहकारीविरुद्ध जाहेरी दिन प्रहरीको आग्रह

देउराली सहकारीविरुद्ध जाहेरी दिन प्रहरीको आग्रह

काठमाडौं : प्रहरीले ललितपुरको सातदोबाटोस्थित देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विरुद्ध उजुरी दिन आग्रह गरेको छ।

सो संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम खाताको अवधि पुगिसकेपछि रकम फिर्ता नपाएपछि संस्थाका निक्षेपकर्ता सदस्यहरूले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए। 

उल्लेखित कसुर उपर मुद्दा दर्ता गरी ब्यूरोबाट अनुसन्धान कार्य भइरहेको जनाउँदै प्रहरीले कोही ठगिएको भए जाहेरी दिन अनुरोध गरेको हो।

काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरू उपर प्रमाणसहित ब्यूरोमा यथाशिघ्र रितपूर्वकको जाहेरी दिन ब्यूरोले सूचित गरेको छ।

कात्तिक २३, २०८० बिहीबार १४:५१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।