तिहारलगत्तै १० वटा जहाज खरिद प्रक्रिया अघि बढाउँछौं : मन्त्री किराती
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारलगत्तै साना र मध्यम खालका १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले न्यारोबडी, कंक्रुडमा उडान गर्नसक्ने मध्यम जहाज र केही साना गरी १० वटा जहाज खरिदका लागि टेन्डरको तयारी भैरहेको बताएका हुन्।
‘तिहार पछाडि १० वटा जहाज खरिदका लागि टेन्डर गर्ने हाम्रो तयारी छ। त्यो १० वटामा केही ठूला, न्यारोबडी स्टायलको, केही कंक्रुटमा उड्ने जो इण्डियासम्म पनि उडान भर्न सकोस् र केही साना तिहारलगत्तै किन्ने तयारीमा छौं।’
पर्यटनको विकासका लागि पनि जहाज आवश्यक भएको उनको भनाइ छ।
इजरायलबाट नेपालीको उद्धार गर्न तथा नेपालका दुर्गम क्षेत्रमा सुत्केरी उद्दार गर्नुले जहाजको उपयोगिता पुष्टि भैसकेको भन्दै उनले पर्यटन प्रवर्द्धनका लागि पनि जहाज थप्नुपर्नेमा बताए।
उनले भने, ‘अहिले उडिरहेको २ वटा जहाजमा १ थपेर ३ बनाउने, थप ३ वटा खरिद गरेपछि ६ हुन्छ। दुर्गम क्षेत्रमा २२ वटा एयरपोर्ट खाली छ। त्यहाँ ६ वटा जहाज भयो भने मज्जाले उडाउन सक्छौँ।’
कात्तिक २३, २०८० बिहीबार १४:११:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।