मन्त्रिपरिषद्का सबै सदस्यहरूले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

मन्त्रिपरिषद्का सबै सदस्यहरूले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

काठमाडौं : प्रधानमन्त्री लगायत मन्त्रिपरिषद्का सबै सदस्यहरूले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितको राहत तथा पुनर्स्थापनाका लागि एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसको जानकारी गराएकी हुन्।

उनले भनिन्, ‘ प्रधानमन्त्री लगायत मन्त्रिपरिषद्का सबै सदस्यहरूले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने निर्णय भएको छ।’

भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा अहिलेसम्म १५३ जनाको मृत्यु भइसकेको छ भने सयौं परिवार विस्थापित भएका छन्।

कात्तिक २३, २०८० बिहीबार १३:४४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।