दुई प्रतियोगिताबाट दुई करोड चानचुन नाफा भयो : पारस खड्का
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले केही दिनअघि सम्पन्न दुई प्रतियोगिताबाट दुई करोड नाफा कमाएको छ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘टफ टक’मा कुरा गर्दै नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाल ट्र्याङ्गुलर सिरिज र टी–२० विश्वकप एसिया छनोटबाट दुई करोड रुपैयाँको नाफा कमाएको बताएका हुन्।
‘नेपाल क्रिकेट संघले कुनै थर्ड पार्टीलाई जिम्मा दिएर खासै लाभ उठाउन सक्दैथ्यो,’ उनले भने, ‘यसअघि दुई वटा प्रतियोगिता आयोजना गर्दा २० देखि ५० लाखमा कसैलाई जिम्मा दिइन्थ्यो भने यसपाली क्रिकेट संघ आफैँले गर्दा दुई करोड चानचुनको नाफा भाछ। जुन पहिलाको भन्दा पाँच गुणा बढी हो।’
आफूहरुले संस्थागत परिवर्तन क्यानमा ल्याउन खोजेको बताउँदै उनले त्यसका लागि कर्पोरेट तहको साथ दिनुपर्नेमा जोड दिए।
उनले गैरआवासीय नेपाली संघहरूको तर्फबाट पनि नेपाल क्रिकेट संघसँग जोडिनका लागि प्रस्तावहरू आएकाले खेलाडीले राम्रो प्रस्तुति गरेसँगै प्रायोजकहरू बढेको बताए।
कात्तिक २३, २०८० बिहीबार १३:०९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।