क्रिकेट वरीयतामा सन्दीप एकस्थान माथि उक्लँदा अन्य खेलाडीको वरीयता यथावत

क्रिकेट वरीयतामा सन्दीप एकस्थान माथि उक्लँदा अन्य खेलाडीको वरीयता यथावत

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले खेलाडीहरूको वरीयता अद्यावधिक गरेको छ।

पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा एकदिवसीय क्रिकेटमा बलिङतर्फ नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो वरीयता एक स्थान सुधार गर्दा अन्य खेलाडी आफ्नो स्थानमा यथावत छन्।

सन्दीप लामिछानेले ३३ बाट ३२औं स्थानमा उक्लँदा दीपेन्द्रसिंह ऐरी ६७औं, करण केसी ८२औं र सोमपाल कामी ८८औं स्थानमा यथावत छन्।

बलिङतर्फ नै ललित राजवंशी ९९औं स्थानमा छन्। बलिङमा पहिलो स्थानमा भारतका मोहम्मद सिराज छन्।

उता ब्याटिङतर्फ भारतका शुभमन गिल पहिलो स्थानमा हुँदा पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा छन्।

नेपालका खेलाडी आशिफ शेख, रोहित पौडेल र कुशल भुर्तेल क्रमशः ७२औं, ८३औं र ९८औं स्थानमा छन्।

त्यसैगरी अलराउन्डरमा तोकिएको २० नम्बरसम्मको वरीयतामा नेपालका कुनै पनि खेलाडी छैनन्।

कात्तिक २३, २०८० बिहीबार ११:०५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।