प्रधानमन्त्री प्रचण्ड र सीपीसी तिब्बत सचिवबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सीपीसी तिब्बत सचिवबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ।

भेटवार्ता बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो। भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो।

भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

वाङ बुधबार चार दिने भ्रमणका लागि नेपाल आएका हुन्। बुधबार उनले  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेट गरेका छन्।

यसैगरी बिहीबार उनले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनिता देवीसँग भेट गर्ने कार्यक्रम छ।

२५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्नेछन्।  

कात्तिक २३, २०८० बिहीबार १०:२६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।