टिभिएस एनटर्क १२५ सीसीको ड्रम रेड स्कुटर सार्वजनिक, कति पर्छ मूल्य?

टिभिएस एनटर्क १२५ सीसीको ड्रम रेड स्कुटर सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : नेपालको लागि टिभिएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ।

राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ। शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले रातो रङमा नेपाली बजारमा एनटर्क स्कुटर सार्वजनिक गर्न पाउँदा हर्षित भएको बताए।

उनले ग्राहकको उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारी साधनहरू र अपग्रेडहरू ल्याउने प्रयासमा आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

टिभिएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको बलियो १२५ सीसी इन्जिन रहेको छ। यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ।

स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीले जनाएको छ। ‘टि’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ।

स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गर्ने मात्र होइन स्कुटरको पर्फरमेन्समा पनि योगदान पुर्याउँछ। 

ठूला १२ इन्चका टाएरहरुका साथ एनटर्क १२५ ड्रम भेरियन्टले आरामदायी र सुरक्षित सवारी सुनिश्चित गर्दै सडकमा स्थिरता र ग्रिप प्रदान गर्ने कम्पनीको दाबी छ।

साथै ब्याटविङ-स्टाइलको डेटाइम लाइटले स्कूटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ भने स्पोर्टी स्प्लिट ग्रेब रेलको एडिसनले यात्रुहरूलाई राइडमा सुरक्षित रूपमा समात्न मिल्नेछ।

पछाडिको भेन्टहरूले स्कुटरलाई सहज रूपमा चल्न मद्दत गर्नुका साथै हिट लस पनि कम गर्नेछ। त्यसैगरी, गेमिङ कन्सोलबाट प्रेरित स्पीडोमिटरले आधुनिकताको टच थप्नुका साथै राइडको समयमा एकै झलकमा महत्त्वपूर्ण जानकारी पनि प्रदान गर्दछ।

टिभिएस एनटर्क ड्रम रेडको मूल्य कम्पनीले २ लाख ३५ हजार ९ सय रुपैयाँ तोकेको छ।

शनिबारसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी रहने टिभिएस महाएक्सचेन्ज महोत्सव ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा ५० हजार रुपैयाँसम्मको थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन्।

साथै यस महा एक्स्चेन्ज महोत्सवमा शून्य प्रतिशत ब्याजदरमा २५ प्रतिशतसम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिनेछ।

त्यसैगरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ।

कात्तिक २३, २०८० बिहीबार ०८:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।