यी तीन प्रदेशमा आज हिमपातको सम्भावना

यी तीन प्रदेशमा आज हिमपातको सम्भावना

काठमाडौं : अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

कात्तिक २३, २०८० बिहीबार ०७:११:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।