तीन वर्षीय बालकले खेलाएको लाइटरबाट घरमा आगलागी हुँदा १५ महिने बालक बेपत्ता

तीन वर्षीय बालकले खेलाएको लाइटरबाट घरमा आगलागी हुँदा १५ महिने बालक बेपत्ता
सांकेतिक तस्बिर

काठमाडौं : ओखलढुङ्गामा तीन वर्षीय बालकले खेलाएको लाइटरबाट घरमा आगलागी हुँदा १५ महिने बालक वेपत्ता भएका छन्। ​​​

मोलुङ गाउँपालिका-६ मंसिरेमा कर्मा शेर्पाका छोरा मिङ्मार शेर्पाले खेलाएको लाइटरबाट घरमा आगलागी हुँदा कर्माका १५ महिने छोरा फुर्वा शेर्पा बेपत्ता भएका हुन्।

घरमा कोही नभएको समयमा समयमा मिङ्मारले लाइटर खेलाउँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए। 

आगलागीमा बेपत्ता भएका शेर्पाका १५ महिने बालक फुर्वाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। 

आगालगीबाट दुई तले घर जल्दा करिब १५ लाखभन्दा बढी क्षति भएको दाबी छ। क्षतिको विवरण संकलनको कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। 

कात्तिक २२, २०८० बुधबार २१:२५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।