कोशी प्रदेश सभाले सुरु गर्‍यो मुख्यमन्त्रीसँग प्रश्नोत्तर

कोशी प्रदेश सभाले सुरु गर्‍यो मुख्यमन्त्रीसँग प्रश्नोत्तर
फाइल फोटो

काठमाडौं : कोशी प्रदेश सभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ। मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सदस्यसँग प्रश्नोत्तर कार्यक्रम राखेका छन्। 

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पहिलो पटक प्रश्नोत्तरको अभ्यासको सुरुवात गर्न थालेका हुन्। 

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबारको बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ।

मुख्यमन्त्रीलाई प्रश्न गर्नका लागि प्रदेश सभा सचिवालयमा आठ जनाले प्रश्न टिपाएका छन्।

प्रदेशसभा सचिवालयले प्रश्न मुख्यमन्त्री केदार कार्कीलाई पठाइसकेको छ। मुख्यमन्त्रीले जवाफ दिने क्रममा प्रश्नकर्ताले पूरक प्रश्न पनि गर्न पाउनेछन्। 

कात्तिक २२, २०८० बुधबार २०:५१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।