स्रोत नखुलेको २६ लाख रुपैयाँसहित काठमाडौंबाट २ जना पक्राउ

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित काठमाडौंबाट २ जना पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं : स्रोत नखुलेको २६ लाख ५७ हजार रुपैयाँसहित प्रहरीले काठमाडौंको इन्द्रचोकबाट दुई जनालाई पक्राउ गरेको छ। 

प्रहरीले स्रोत नखुलेको पैसासहित बर्दियाको गेरुवा गाउँपालिका-२ घर भई अहिले काठमाडौं जडीबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुली बजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाललाई पक्राउ गरि सार्वजनिक गरेको हो। 

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

कात्तिक २२, २०८० बुधबार २०:३२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।